भारतमा आइतबार मात्रै १८ को मृत्यु, संक्रमितको संख्या ३५ सय नाघ्यो

नयाँदिल्लीः भारतमा कोरोना संक्रमणको असर बढ्दै गइरहेको छ । पछिल्लो तथ्यांक अनुसार, आइतबार मात्रै १८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै महाराष्ट्रको मुम्बईमा ८ जनाको मृत्यु भएको छ । योसँगै मुम्बईमा मात्रै अहिलेसम्म ३० जनाले ज्यान गुमाएका छन् ।

आइतबारका दिन पुणेमा दुई, राजस्थान, गुजरात र पञ्जाबमा एकजनाको मृत्यु भएको थियो । यसैगरी इन्दौरमा दुईजनाको मृत्यु भयो । इन्दौरमा अहिलेसम्म नौ जना मृत्यु भएको छन् ।

याे पनि पढ्नुस  नतिजामा फरक देखिन थालेपछि भारतले रोक्यो आरडीटी परीक्षण

मध्यप्रदेशकै उज्जैनमा दुईजनाको मृत्यु भएको छ भने खरगोन र छिन्दवाडामा पनि एक एक जनाको निधन भएको छ ।

यसअघि शनिवार मात्रै कोरोनाबाट १४ जनाको मृत्यु भएको थियो ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२३ पुगेको छ ।

दैनिक भाष्करका अनुसार, पञ्जाबको लुधियानमा एकजना ७० वर्षीय महिलाको निधन भएको छ । उनी १७ मार्चका दिन आफ्नी भतिजी भेट्न मोहाली गएकी थिइन् । जबकि उनको यसबाहेक अरु कुनै पनि यात्रा गरेको तथ्य छैन ।

याे पनि पढ्नुस  कोरोनाः लोकनायक अस्पतालमा महिला डाक्टरमाथि दुर्व्यहार र हातपात

यसैगरी पुणेमा भने ६९ वर्ष तथा ६० वर्षकी महिला तथा ५२ वर्षीय बिरामीको मृत्यु भएको छ । उता तमिलनाडुमा भने एकजना ७१ वर्षीय र ६० वर्षका बृद्धको मृत्यु भएको छ ।

शनिवारका दिन राजस्थानमा ८२ वर्षका बृद्धको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  भारतः संक्रमितको संख्यामा रेकर्ड ब्रेक, सवा लाख बढीमा कोरोना

भारतमा संक्रमण बढ्ने क्रम जारी छ । अहिलेसम्म ३५ सय ७७ जनामा संक्रमण भेटिएको छ ।

सरकारले संक्रमण रोकथामका लागि देशव्यापी लकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री मोदीले आज राती ९ बजेर नौ मिनेटमा बत्ती बन्द गरेर दियो बाल्ने घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्