काठमाडौंः अमेरिकन आइडलमा नेपाली मुलका दिवेश पोखरेलले टप २० मा प्रवेश गरेका छन् ।
आफ्नो उत्कृष्ट प्रस्तुती दिदैँ आएका दिवेश आइतबार प्रशारण भएको एपिसोडबाट टप २० मा प्रवेश गरेका हुन् ।
हजारौं दर्शकको उपस्थितीमा दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा धमकेदार प्रस्तुती दिएका थिए ।
उनको प्रस्तुतीपछि जजले ‘तिमी उदाउँदो तारा हौं’ भन्दै तारिफ गरे ।