लकडाउन एक साता लम्ब्याउने निर्णय

काठमाडौंः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन एक साता लम्ब्याउने निर्णय गरेको छ ।

उक्त निर्णय सोमबार दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्को बैठकले अनुमोदन गर्नेछ ।

कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक चैत ११ गते चैत १८ गते बिहान ६ बजेसम्मका लागि र दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो ।

कमेन्ट गर्नुहोस्