जापानमा संकटकाल लागू गरिँदै

काठमाडौंः कोरोना भाइरसका कारण जापानमा संकटकाल लागू गरिने भएको छ । संकटकाल टोकियो र ओसाजस्ता ठूला शहरहरूमा लागू हुनेछ ।

जापानी मिडियाका अनुसार भाइरसलाई फैलनेबाट रोक्न सबै प्रयास गरे पनि संक्रमणका घटनाहरू निरन्तर बढ्दैछन् र प्रधानमन्त्री शिन्जो अबे सोमबार यसलाई घोषणा गर्न गर्नेछन् ।

याे पनि पढ्नुस  कोरोना संक्रमित युवतीसँगै आएका २ युवक उदयपुरमा भेटिए

संकटकालपछि सरकारले मानिसहरूलाईमा घर मा रहन र व्यवसाय बन्द गर्नको लागि आदेश दिनेछ ।

जापानमा कोरोनाका कारण ८५ जनाको ज्यान गएको छ भने ३६ सय ५४ संक्रमित बनेका छन् ।

कमेन्ट गर्नुहोस्