डोटीमा गोली प्रहारबाट युवतीको मृत्यु, श्रीमान पक्राउ

डोटीः जोरायल गाउँपालिका–४ देउथलामा गोली प्रहारबाट एक युवतीको मृत्यु भएको छ ।

भरुवा बन्दुक लागेर २० वर्षीया अनिता वनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक दिलिप सिंह देउवाले बताए ।

युवतीलाई गोली प्रहार गरेर हत्या गरेको आशंकामा युवतीका श्रीमान २२ वर्षीय खडक वनलाई पक्राउ गरिएको देउवाले बताए ।

कमेन्ट गर्नुहोस्