सप्तरीमा माटोको ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु

राजविराजः सप्तरीको मोहनपुरमा माटोको ढिस्कोमा पुरेर दुई जना बालकको मृत्यु भएको छ ।

जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँपालिका-६ मोहनपुरमा बस्ने दिलबहादुर मगरको ५ वर्षीय छोरा निकेश मगर र उमेश खड्काको ६ वर्षीय छोरा संजिव खड्काको माटोको ढिस्कोमा पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

याे पनि पढ्नुस  चीनबाहिर कोरोना भाइरसबाट पहिलोपटक मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ३ सय ४ पुग्यो

स्थानीय गौरी खोलामा खेल्ने क्रममा आइतबार बेलुका माटोको ढिस्कोमा पुरेर दुबै बालकका मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तीलक भारतीले जानकारी दिए ।

दुबै जनाको शव आवश्यक प्रक्रिया पुर्याएर परिवारको जिम्मा लगाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्