अन्ततः कोरोनालाई हराएरै छोडिन् अढाई वर्षकी यी शिशुले

एजेसीः बच्चालाई सामान्य पेट दुख्दा त तपाई हामी कति आत्तिन्छौ । बच्चाकोे ऐय्या पनि बा–आमाको मुटु चस्काउन पुग्छ । अनि यस्तै अबोध बालबालिकालाई संसारकै ठूलो त्रासदी बनेको कोरोना भाइरसले छोप्यो भने नि ? कल्पना गर्दा पनि डर लाग्छ हैन ?

तर तपाई हामी वयस्क मानिसहरु समेत त्रसित बनाउने कोरोनालाई एकजना अढाई वर्षकी बालिकाले भने पराजित गरेरै छाडेकी छिन् । किट (पोशाक) लगाएर डाक्टर नजिक आउँदा डराएर रुने गर्थिन यी शिशु । न त डाक्टरले ग्लोब लगाएका हातले गाला मुसार्न सक्थे न त काखमा नै लिन सक्थे ।

मन चसक्क दुख्थ्यो डाक्टरहरुको । तर पनि उपचार गर्नै पर्ने थियो । कोरोनालाई पराजित गर्ने यी बालिका जम्मा अढाई वर्षकी भइन् ।

याे पनि पढ्नुस  कोरोना त्रासः ‘लकडाउन’पछिको अवस्था (फोटो फिचर)

भारतको जयपुरस्थित झुनझुनुमा बसोबास गर्ने यी बालिका आफ्ना बाआमासँगै इटाली गएकी थिइन । त्यहाँबाट फर्केपछि उनी बिरामी भइन । उनलाई जयपुरको एम्स अस्पतालमा भर्ना गरियो ।

लक्षणका आधारमा उनको परीक्षण गरेपछि नतिजा आयो । अनि डाक्टरहरुको मुटु नै काँप्यो । उनी कोरोना संक्रमित थिइन । बाआमामा पनि संक्रमणको पुष्टि भएको थियो ।

यति सानो उमेरको बिरामीलाई उपचार गर्नु डाक्टरहरुका लागि समेत चुनौतीको विषय थियो । उनीहरुलाई आफ्नो भावनामाथि नियन्त्रण गर्नु कतिपय अवस्थामा निकै मुश्किल नै भएको थियो ।

दुख, चिच्याहट, आँसु, अनि जीतको खुसी !
उपचारमा संलग्न चिकित्सककै शब्दमाः

यति सानो बच्चाको घटा हाम्रा लागि पहिलोपटक अगाडि आएको थियो । हामी लगातार बिरामीहरुको उपचार गरिरहेका थियौं । तर यो घटनामा हामीले आफैलाई विवश पायौं । यति सानो बच्चाको सेम्पल (नमुना) लिँदा डाक्टरहरु पनि भावुक थिए । हाम्रो आँखा पनि रसाएका थिए ।

याे पनि पढ्नुस  भाजपा पार्षदः राहत वितरण गर्दा संक्रमित, अस्पतालबाट फर्कँने बताउँदै गर्दा मृत्यु

ज्वरो, श्वासमा समस्या, कफ र रेस्पिरेटरी फेलियरका बिरामीहरुको बीचमा उनीमात्रै एकजना यस्तो बिरामी थिइन, जसले आफ्नो पीडा समेत हामीलाई बताउन सक्दैनथिन । डाक्टर, नर्स जब प्रोटेक्टिभ सुट (पिपिई) पोशाक लगाएर उसको नजिक जाँदा उनी डराएर जोडजोडले रुन थाल्थिन । न हामी उनलाई मुसार्न सक्थ्यौं न त काखमा लिन नै । सानी नानी र बुवाआमाको यो दुख सबैले देखिरहेका थिए ।

विदेशमा पनि यति साना बच्चालाई असर गरेका घटना आएका छन् । हामीले यो नसुनेका थिएनौं । तर आफ्नै आँखा अगाडि बच्चालाई पीडा सहेर बसेको हेर्नु निकै पीडादायी थियो । तर यो दुखको कथा होइन, यो त्यो अबोधको यो बिमारीसँग लड्ने र त्यसलाई हराउने साहसको बारेमा हो ।

याे पनि पढ्नुस  न्यूजिल्याण्डकी प्रधानमन्त्रीको घोषणाः ‘हामीले कोरोनालाई जित्यौं’

१८ दिनको उपचारपछि जब रिपोर्ट नेगेटिभ आयो, हामी सबै खुसी थिए । उसको मुहारमा मुस्कान थियो । अब १४ दिन अस्पताल बसेपछि उनी घर फर्किनेछिन् । हामी साँच्चै उनलाई मिस गर्नेछौं ।

डाक्टरहरू असरार अहमद, प्रह्लाद धाकड़, दीपेन्द्र, शुभ्रा जैन, सरोज, पार्वती, रमेश शर्मा, गोविंद शर्मा, र राजेश सैनले भास्कर दैनिकसँग गरेको कुराकानीको नेपाली अनुवाद । प्रतिकार्यात्मक तस्बिर

कमेन्ट गर्नुहोस्