गभर्नरको टुंगो लाग्दै आज, को–को छन् दौडमा?

काठमाडौंः मन्त्रिपरिषद्को आज बस्ने बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने भएको छ ।

डा. चिरञ्जीजी नेपालको कार्यकाल चैत ४ मा सकिएपछि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त रहेको छ ।

गभर्नर छनौटका लागि अर्थमन्त्रीको डा. युवराज खतिवडाको संयोजकत्वमा राष्ट्र बैंककै पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका निवर्तमान पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आइतबारको बैठकले तीनजनाको नाम टुंगो लगाएको थियो ।

याे पनि पढ्नुस  नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)

सोमबार मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नेगरी भएको आइतबारको सिफारिश सम्बन्धि बैठकले लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी, पूर्व अर्थसचिव राजन खनाल र नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्