वैशाख ३ गतेसम्म ‘लकडाउन’ लम्ब्याउने सरकारको निर्णय

काठमाडौंः दुई हप्तादेखि जारी ‘लकडाउन’लाई सरकारले वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले ‘लकडाउन’को समय बढाने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो ।

याे पनि पढ्नुस  लकडाउन १ हप्ता लम्ब्याउन सुझाव

चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो ।

म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो। छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।

कमेन्ट गर्नुहोस्