नेकपा नेता सरलद्वारा ३ नगरपालिकामा खाद्यान्न सहयाेग

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता ओम विक्रम भाट (सरल) ले कञ्चनपुरका तीन स्थानीय तहमा खाद्यान्न सहयोग गरेका छन् ।

नेकपा सुदूरपश्चिमका सदस्यसमेत रहेका सरलले कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकाका गरीव, विपन्न एवं दैनिक ज्याला गरी गुजारा चलाउने मजदुरका लागि खाद्यान्न सहयोग गरेका हुन् । बेदकोट नगरपालिका–१० निवासी सरल हाल काठमाडौंमा बस्दै आएका छन् । उनले आफ्ना सहयोगी नेकपा नेताहरु मार्फत खाद्यान्न सहयोग गरेका हुन् ।

सरलले कृष्णपुरका मेयर कर्ण हमाललाई पत्र पठाउँदै उक्त राहत कोरना भाइरसको संक्रमणणबाट प्रभावित समुदायलाई विरण गर्न आग्रह गरेका छन् । उनले तीनै स्थानीय तहलाई २० क्विन्टलका दरले चामल सहयोग गरेका हन् ।

नेकपा क्षेत्र नम्बरका संयोजक रणबहादुर महरा, सचिव चन्द्रकान्त भट्ट (सिके) सहितका नेकपा क्षेत्र नम्बर २ का नेता कार्यकर्ताले उक्त राहत रकम स्थानीय तहलाई हस्तान्तरण गरेका थिए । युवा नेता सरलले कोरोना विरुद्धको अभियानमा एक भएर लाग्नसमेत सबैलाई आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्