सशस्त्रका डीएसपीसहित १२० जना क्वारेन्टाइनमा

काठमाडौंः सशस्त्र प्रहरीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका क्रममा कञ्चनपुर र कैलालीको गड्डाचौकी र गौरीफन्टामा ड्युटीमा रहेका डीएसपीसहित १२० जनालाई क्वारेन्टाइनमा राखेको छ ।

भारतबाट आएका नेपालीहरुले ती नाकाहरुमा हुलदंगा गरेकै बेला पहिलो पंक्तिमा रहेर काम गरेका प्रहरीलाई सुरक्षाका लागि क्वारेन्टाइनमा राखेको सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी प्रविणकुमार श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमा रहेकी महिलाले जन्माइन् जुम्ल्याहा शिशु

क्वारेन्टाइनमा राखिएकाहरुलाई स्वास्थ्यकर्मीहरुले नियमित चेकजाँच गरिरहेको उनले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भारतसँगको सीमानाकाहरुमा कडाइ गर्नका लागि दुई हजार २८० जना थप सुरक्षाकर्मी खटाएको बताए ।

कमेन्ट गर्नुहोस्