विदेशबाट फर्किएका नेपालीलाई अनिवार्य ‘क्‍वारेन्टाइन’मा राख्‍न सर्वोच्चको आदेश

काठमाडौंः विदेशबाट फर्किएका नेपालीलाई अनिवार्य ‘क्‍वारेन्टाइन’मा राख्‍न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।

विभिन्न अधिवक्ताले दायर गरेको रिट निवेदनको एकमुष्ट सुनुवाइ गर्दै सोमबार सर्वोच्चले विदेशबाट सबै ‘क्‍वारेन्टाइन’मा नबसेको पाइएकाले स्थानीय तहमार्फत उनीहरुको खोजीनिती गर्दै क्‍वारेन्टाइनमा राख्न आदेश जारी गरेको हो ।

सर्वोच्चले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्‍वारेन्टाइन बनाउन पनि आदेश दिएको छ । अनि राहत वितरणमा पारदर्शी गर्न आदेश दिएको छ ।

दुर्गममा कोही संक्रमित भएमा र उपचार गर्नुपर्ने भएमा हेलिकप्टरको बन्दोबस्त गरेर समेत अस्पतालसम्म पुर्‍याउन आदेश दिएको हो ।

कमेन्ट गर्नुहोस्