दुबईमा कोरोना भाइरसको संक्रमणबाट नेपाली महिलाको मृत्यु

यूएईः यूएईमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ ।

यूएईको दुबई स्थित भारतीय नागरिकको घरमा घरेलु कामदारको रूपमा कार्यरत ४० वर्षीया एक महिलाको कोरोनाबाट संक्रमणबाट मृत्यु भएको यहाँ स्थित नेपाली दूतावासले जनाएको छ ।

बुटवलकी विनु पराजुलीले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन् । उनी कार्यरत घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो। अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो। तर, रिपोर्ट आइसकेको थिएन।

याे पनि पढ्नुस  इन्टरपोलको ८७ औं महासभामा भाग लिन सर्वेन्द्र खनाल युएईमा,एनआरएनले गर्‍यो स्वागत 

पहिलेदेखि नै मुटुको समस्या रहेको भएपनि तीन दिन अगाडि मात्रै पेटको दुखाई धेरै भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालले औषधि दिएको थियो । बिहीबार राति पेट धेरै नै दुखेको बताएकी मृतक विनु घर मालिकले भोलिपल्ट ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेकी थिइन् ।

याे पनि पढ्नुस  युएईमा एक नेपालीको मृत्यु

घर मालिकले फेला पारेको शवलाई प्रहरीले पोस्टमार्टमका लागि लिएर गएको थियो । दुबईस्थित अल रफ्फा प्रहरी चौकीले पराजुलीको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको छ ।

मृतक पराजुली १० वर्षदेखि दुबईमा कार्यरत थिइन् । घटनाबारे यूएई स्थित नेपाली दूतावासले दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई औपचारिक पत्र पठाएको जानकारी दिएको छ ।

याे पनि पढ्नुस  युएईमा सप्पन्न दोश्रो एनएसजी फुटबल कपको उपाधि जनसंपर्क समितिलाई

हालसम्म यूएईमा ११ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा दुई नेपाली उपचार पश्चात् स्वस्थ भएका छन् ।

कमेन्ट गर्नुहोस्