संक्रमितमध्ये ५ % मात्रै जटिल अवस्थामा, निको हुने दर बढ्यो

काठमाडौं । यूरोप र अमेरिकामा कोरोना संक्रमितको संख्या एकाएक बढेर गएको छ । नयाँ घटना थपिंदै गइरहेपनि यसबाट निको हुनेको दर भने बढेको छ ।

अघिल्लो साता संक्रमणबाट मर्ने दर बढेको देखिएपनि अहिले यूरोपलगायतका देशहरुमा विगतको तुलनामा मृत्यु कम भएको छ ।

वल्र्डमिटरले अपडेट गरेको तथ्यांक अनुसार, आज बिहान साढे ६ बजेसम्म विश्वमा कूल १३ लाख ४५ हजार ७४१ जना संक्रमित भएका छन् । यो संख्या निको भइसकेका, मृत्यु भएका र हाल उपचारमा रहेकाहरुको कुल जोड हो ।

याे पनि पढ्नुस  प्रेस ब्रिफिङमा पत्रकारमाथि खनिए डोनाल्ड ट्रम्प, महामारी रोक्न उत्कृष्ट काम गरेको दावी

कूल संक्रमितमध्ये अहिलेसम्म ७४ हजार ६४७ जनाको मृत्यु भएको छ भने २ लाख ७८ हजार ४ सय २८ जना पूर्णरुपमा निको भएका छन् ।

विश्वभरिमा उपचारमा रहेका बिरामीमा समेत जटिल लक्षण भएका बिरामी न्यून रहेका छन् । निको भएका र मृत्यु भएका बिरामीबाहेकको संख्या हेर्दा हाल ९ लाख ९२ हजार ६ सय ६६ जना संक्रमित रहेका छन् । यी मध्ये ९५ प्रतिशत बिरामीमा सामान्य लक्षण देखिएका छन् ।

५ प्रतिशत बिरामीको भने जटिल अवस्था छ । जटिल अवस्था भएका बिरामी थोरै भएको कारण भविष्यमा मृत्यु हुनेको भन्दा निको हुनेको संख्या बढ्ने अनुमान गर्न सकिन्छ । उमेर समूहका आधारमा ५० वर्ष मुनिको उमेर समूहको मृत्यु दर निकै कम रहेको छ । ६० वर्ष माथिका बिरामीको मृत्यु दर बढेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

याे पनि पढ्नुस  ट्रम्प र उनका समर्थकहरू बर्बादीको अन्तहीन रसातलतर्फ उन्मुख- नोम चोम्स्की

संक्रमितहरुको तथ्यांक हेर्दा अमेरिकामा भने संक्रमित थपिने क्रम बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३० हजार ३ सय २१ जना नयाँ संक्रमित थपिएका छन् भने १२५५ जनाको मृत्यु भएको छ ।

युरोपको स्पेन, इटाली, जर्मनी र फ्रान्समा समेत संक्रमितको संख्या बढेर गएको छ । विश्वभरी पछिल्लो २४ घण्टामा ७२ हजार ८ सय ४० नयाँ संक्रमण देखिएका छन् । चीनमा भने पछिल्लो २४ घण्टामा नयाँ संक्रमण र मृत्यु भएको छैन ।

याे पनि पढ्नुस  लकडाउनको उल्लंघनकाे परिणामः कैयन देशमा महामारी विष्फोट, हजारौंको मृत्यु, स्पेनमा हेलिकप्टर परिचालन

संक्रमण बढ्दै गएपछि विश्वका सबैजसो देशहरुले रोकथामलाई प्राथमिकता दिंदै उपचारमा समेत जोड दिएका छन् । रोकथामका लागि संक्रमितको पहिचान गर्न टेष्टलाई व्यापकता दिइएको छ भने सामाजिक दूरी कायम राख्न क्वारेन्टाइन र लकडाउनको घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्