अमेरिकामा फेरि बढ्यो कोरोनाः ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो (सूचीसहित)

काठमाडौंः विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।

मंगलबार बिहानसम्मको तथ्याङकअनुसार त्यहाँ कोरोनाका कारण १० हजार ८ सय ७१ जनाले ज्यान गुमाएका छन् । जसमा सोमबार मात्रै १२ सय ५५ को मृत्यु भएको छ । जुन संख्या आइतबार ज्यान गुमाउनेको संख्याभन्दा बढी हो । अमेरिकामा आइतबार ११ सय ६६ को मृत्यु भएको छ ।

याे पनि पढ्नुस  भारतको धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना संक्रमण

सोमबार ३० हजार नयाँ संक्रमति फेला परेसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । त्यहाँ आइतबारको तुलनामा सोमबार ५ हजार बढी संक्रमित फेला परेका हुन् ।

कोरोनाका कारण कुन देशमा कतिको मृत्यु र संक्रमित ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

याे पनि पढ्नुस  उदयपुरमा त्रासः थप ८ जनामा कोरोना आशंका

सम्बन्धित समाचारः

कोभिड–१९ अपडेटः साढे १३ लाख बढी संक्रमित, साढे ७४ हजारको मृत्यु (सूचीसहित)

कोरोनाः एकैदिन ५ हजार बढीको मृत्यु, करिब ७३ हजार संक्रमित (सूचीसहित)

कमेन्ट गर्नुहोस्