लकडाउनमा अंग्रेजी चलचित्र हेर्दै निर्देशक अनुराग कश्यप, ३ दिनमा हेरे यी ९ फिल्म

मुम्बई । सरकारले लकडाउन घोषणा गरेको बेला अधिकांशले घरमा चलचित्र हेर्ने गरेका छन् । रुचि अनुसार चलचित्र खोजेर हेर्ने गरिएको छ भने कतिपयले साथीभाईसँग सल्लाह लिएर पनि हेरिरहेका छन् ।

यसैबीच ग्याङ्स अफ वासेपुर र देव डी जस्ता चलचित्र निर्देशन गरेका निर्देशक अनुराग कश्यपले अमेरिकी र बेलायती चलचित्र हेरेर समय व्यतित गरिरहेको बताए ।

अनुराग कश्यपले पछिल्लो तीन दिनमा नौ वटा अग्रेजी भाषाका चलचित्र हेरेको बताएका छन् ।

के के फिल्म हेरे त ?

ट्विटरमा कश्यपले सार्वजनिक गरे अनुसार, उनले हेरेका चलचित्र यस्ता छन् ।

1. Swing Time(1936)- George Stevens
2. The incident(1967) – Larry Peerce
3. The African Queen(1951/52) – John Huston
4. The thin man(1934) by W.S. Vandyke
5. Time without pity(1957)- Joseph losey
6. Crime and punishment (1935)- Josef Sternberg
7. The Major and The minor(1942)-Billy Wilder
8. Aguirre-the wrath of God (1972) by Werner Herzog
9. The Naked Kiss(1964)- Samuel Fuller

कमेन्ट गर्नुहोस्