सरकारको आलोचना गर्न बेमौसमी बाजा बजाइयोः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गर्नका लागि बेमौसमी बाजा बजाइएको आरोप लगाएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारको आलोचना गर्नका लागि बेमौसमी बाजा बजाइएको छ । कोरोनाविरुद्व लडिँरहेको अवस्थामा संकटको यस घडीमा सरकारलाई अनावश्यक आरोप नलगाउन आग्रह गर्दछु ।’

उनले कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताए ।

याे पनि पढ्नुस  थप ६ जनाले जिते कोरोना, अस्पतालबाट गरियो डिस्चार्ज

‘मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन’, उनले भने, ‘भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।’

याे पनि पढ्नुस  चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल हुन्छः प्रधानमन्त्री ओली

सरकारले चीनबाट खरिद गरेको सामग्रीमा भ्रष्टाचार भएको भन्दै सरकारको आलोचना भइरहेको अवस्थामा प्रधानमन्त्रीले ओलीले त्यसको बचाउ गरे । आलोचनापछि चीनबाट एक पटक मेडिकल सामग्री ल्याइसकेको एक कम्पनीसँग सम्झौता रद्द गरिएको छ भने सामग्री ल्याउने जिम्मा सेनालाई दिइएको छ ।

त्यस्तै केही मन्त्रीले कोरोना नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल नसकेको भन्दै कतिपयले आलोनचा गरिरहेको छन् । आलोचान गर्नेहरूलाई जवाफ दिँदै ओलीले सरकारको आलोचना गर्नका लागि बेमौसमी बाजा बजाइएको आरोप लगाएका हुन् ।

कमेन्ट गर्नुहोस्