क्वारेन्टाइनबाटै युवक फरार

इलामः इलाम नगरपालिकाको सिंगफ्रिङ्ग स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट एक युवा फरार भएका छन् ।

इलाम अस्पतालले रेफर गरेपछि चैत्र २३ गते देखि उक्त अस्पतालेको क्वारेन्टाइनमा राखिएका सन्दकपुर गाउँपालिका ३ सुलुबङ्ग घर भएका सरोज अधिकारी सोमबार रातीबाट फरार भएका हुन् ।

याे पनि पढ्नुस  प्रशासकीय अधिकृत नै क्वारेन्टाइनमा बस्न नमानेपछि...

अधिकारी भारतको सिलिगुडीबाट हालै घर आएका थिए । उनलाई कोरोना भाइरस सङ्क्रमण हुन सक्ने आशंकामा इलाम अस्पतालले क्वारेन्टाइनमा बस्नका लागि पठाएको थियो । भारतको सिलिगुडी क्षेत्रमा केही दिन अघि १ जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।

डा.मेघबहादुर पराजुली सामुदायिक अस्पताल क्वारेन्टाइन वार्डका इन्चार्ज दिपक पौडेलका अनुसार अधिकारीको स्वाब परीक्षण गर्नै नपाई उनी क्वारेन्टाइनबाट भागेका हुन् । पौडेलले अधिकारी कोरोना भाइरस प्रभावित क्षेत्रबाट आएको हुँदा फरार भएपछि समुदायलाई नै कोरोना भाइरसको प्रकोपमा पार्न सक्ने सम्भावना रहेको इन्चार्ज पौडेलले बताए ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमा बसेका केही व्यक्तिमा औलो देखियोः स्वास्थ्य मन्त्रालय

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक हीरा पाण्डेले अधिकारीको व्यापक खोजतलास भइरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्