कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

काठमाडौं: कोरोना भाइरस (कोभिड-१९)का कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ ।

मंगलबार बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हाे ।

बोर्डका उपाध्यक्ष महेशप्रसाद दाहालले कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएको र लकडाउन लम्बिरहेकाले अनिश्चत कालका लागि परीक्षा स्थगित गरिएको बताए।

याे पनि पढ्नुस  नेपालमा थप १ जनामा कोरोना, संक्रमितको संख्या ४९ पुग्यो

यसअघि बोर्डले कक्षा १२ को परीक्षा आउँदो वैशाख ८ गते तथा कक्षा ११ को २१ देखि गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्