राहत वितरणको तस्वीर खिच्न नपाइने

वालिङः वालिङ नगरपालिकाले लकडाउनको समयमा नगरभित्रका खाद्यान्न पसलमा दैनिक उपभोग्य वस्तुको एउटै दरभाउ निर्धारण गरेको छ ।

वालिङ उद्योग वाणिज्य सङ्घ र व्यवसायीको संयुक्त बैठकले खाद्यान्नको दरभाउ निर्धारण गरेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।

नगरभित्रका १४ वटै वडामा लकडाउनले समस्यामा परेका सीमान्तकृत, गरिब, दैनिक ज्यालादारी गरी गुजना चलाउने मजदूरलाई खाद्यान्न तथा राहत एउटै दरभाउमा उपलब्ध गराउन दरभाउ निर्धारण गरिएको जनाइएको छ ।

दैनिक उपभोग्य वस्तुको खरिद बिक्रीका समयमा तोकिएको दूरी कायम गर्नुपर्ने र अति विपन्नहरुको आत्मसम्मानमा ठेस नपुर्याउने उद्देश्यले राहत वितरणको तस्वीर नखिच्ने पनि निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्