वन मन्त्री बस्नेतले उपलब्ध गराए जाजरकोटमा स्वास्थ्य सामग्री

जाजरकोटः वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले जाजरकोटमा स्वास्थ्य सामग्री प्रदान गरेका छन् । वस्नेतको सहयोग र पहलमा उक्त सामग्री जाजरकोटमा पठाइएको हो ।

मन्त्री बस्नेतका स्वकिय सचिव मुक्तिराज वस्नेतले प्रमख जिल्ला अधिकारी जनकराज पन्तमार्फत मंगलवार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

याे पनि पढ्नुस  ऊर्जामन्त्री पुनले पठाए रोल्पाका सबै पालिकालाई स्वास्थ्य सामग्री

मन्त्री वस्नेतले वेड १२ सेट, १ सय सेट गज, थर्मल गण १० थान, पीपीई १४० सेट, गाउन १० थान, मास्क १७००, डिटोल सावुन (सोप) १ काटुन, ४५० थान ग्लोप्स र डिटोल लिकुईट र हेण्ड वास २ काटुन सहयोग गरेका छन् ।

याे पनि पढ्नुस  बेलौरी र बेल्डाँडी स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले स्वास्थ्य सामग्री बुझ्दै कोरोना भाइरसको संक्रमणको बेला मन्त्री वस्नेतको सहयोगले मनोवल उच्च भएको बताए । उनले स्वास्थ्य सामग्री कोभिड १९ को संक्रमणबाट जोगिन र कोरोना भाइरसका बिरामी जांचमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने जानकारी दिए ।

‘हामी यो स्वास्थ्य सामग्रीको सदुपयोग गर्छौ, यस्तो कठिन परिस्थितीमा पनि मन्त्रीज्युले यो सामाग्री व्यवस्था गर्नुभएको छ । हामी आवश्यकता हेरेर जिल्ला स्वास्थ्य र स्थानीय तहमा स्वास्थ्य सामाग्री पठाउछौं’, प्रमुख जिल्ला अधिकारी पन्तले भने ।

कमेन्ट गर्नुहोस्