चिकित्सकको मनबोल बढाऔँः मन्त्री ढकाल

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) सम्पूर्ण मानव जातिका लागि दुस्मन भएकाले यसविरुद्ध अग्रपङ्तिमा खट्ने चिकित्सक र सम्बन्धित सबैको मनोबल बढाउनुपर्ने बताएका छन् ।

ज्योति ग्रुपले आज प्रदान गरेको अटोमेटिक ब्याकप्याक स्पे्रयर सामग्री बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्नेमा जोड दिए ।

याे पनि पढ्नुस  अर्घाखाँची पनि आज रातिदेखि ‘लक डाउन’

मन्त्री ढकालले विपद्का समयमा सरकारसँग हामी सँगै छौँ भनेर दिएको सहयोगका निम्ति धन्यवाद दिएका छन् ।

मन्त्री ढकालका प्रेस संयोजक माधवराज तिवारीका अनुसार ज्योति ग्रुपका निर्देशक एवं स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लिका अध्यक्ष सौरभ ज्योतिले उक्त सामग्री हस्तान्तण गरेका थिए ।

याे पनि पढ्नुस  दुबईमा २ साता ‘लकडाउन’को घोषणा

सो कम्पनीले दिएको होण्डा अटोमेटिक ब्याकप्याक स्पे्रयर सार्वजनिक स्थानहरुमा कीटनासक औषधि छर्नका निमित्त उपयोगी हुनेछ । ग्रुपले १० थान अटोमेटिक ब्याकप्याक स्पे्रयरको ७ लाख रुपैयाँ पर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्