प्रधानमन्त्री ओलीद्वारा कुवेतका समकक्षीसँग संवाद

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा कार्यरत नेपालीको सुरक्षा र उपचारबारे चासो दिने क्रममा आज कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहसँग टेलिफोन संवाद गरेका छन् ।

संवादमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको विश्वव्यापी संक्रमणका समयमा कुवेतमा कार्यरत नेपालीको सुरक्षाको बारेमा चासो राखेका थिए ।

याे पनि पढ्नुस  म त भाग्यमानी (गीत)

कुवेतका प्रधानमन्त्रीले नेपालीलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्री ओली ट्विट मार्फत जनाएका छन् ।

कमेन्ट गर्नुहोस्