सीमानामा अलपत्र नेपालीलाई तत्काल ल्याउन सर्वोच्चको आदेश

काठमाडौंः सर्वोच्च अदालतले नेपाल–भारत सीमामा अलपत्र रहेका नागरिकलाई प्रक्रिया पुर्‍याएर नेपाल ल्याउन सरकारका नाममा आदेश गरेको छ ।

सीमामा रहेका र नेपाल आउन चाहने नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन सर्वोच्चले आदेश दिएको हो।

न्यायाधीश दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलाशले यस्तो आदेश जारी गरेको हो। सर्वोच्चले भारतीय सीमा पारिका नेपाली नेपाल आउन चाहेमा आउने व्यवस्था गर्न र नेपाल ल्याएर निश्चित समय क्वारेनटाइनमा राख्न भनेको छ।

याे पनि पढ्नुस  महानिरीक्षकसहित ४ प्रहरी अधिकृतविरुद्ध मानहानी मुद्दा चलाउन आदेश

तत्काल नेपाल प्रवेश सम्भव नभएमा कुटनीतिक पहलबाट लकडाउनको अवधिसम्म त्यहाँ रहेका नागरिकलाई यथास्थानमा खाने बस्ने र स्वास्थ्य सुनिश्चितताको व्यवस्थाका लागि पनि सर्वोच्चले आदेश गरेको छ ।

कमेन्ट गर्नुहोस्