प्रदेश–२ मा ११९ को नमूना संकलन, १०३ जनाको ‘नेगेटिभ’

जनकपुरः प्रदेश नं. २ मा मंगलबारसम्म कोरोना भाइस सङ्क्रमणको आशङ्कामा ११९ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ ।

सङ्कलितमध्ये १०३ को जाँचको नतिजा आएको प्रदेश समाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार १०३ जनाकै नतिजा नेगेटिभ छ भने १६ जनाको नतिजा आउन बाँकी छ ।

याे पनि पढ्नुस  कोरोना प्रभावः जानकी नवमीमा जनकपुरमा सुनसान, विशेष उत्सव नहुने

उनले नमूना सङ्कलन र परिणामलाई तीव्रता दिन क्षमता विस्तारका लागि प्रयास भइरहेको बताए ।

सचिव घिमिरेले आशंका गरिएकाको स्वाबको नमूना संकलनको गति र क्षमता बढाउन सरकारले गृहकार्य गरिरहेकाले यसमा सङ्घीय सरकारबाट सहयोग आश्वासन प्राप्त भएको बताए ।

कमेन्ट गर्नुहोस्