‘लकडाउन’काबीच अरुण तेस्रोको काम शुरु

संखुवासभाः ‘लकडाउन’का कारण रोकिएको निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम शुरु भएको छ ।

संखुवासभाको मकालु र चिचिला गाउँपालिकामा निर्माणाधिन ९ सय मेगावाटको सो आयोजनालाई काम गर्न अनुमति दिएकाले सुरक्षा सतर्कता र नयाँ कामदार नथप्ने समझदारीपछि काम थालिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

याे पनि पढ्नुस  ‘लकडाउन’को मोडालिटी बनाउन मुख्यसचिवकाे नेतृत्वमा बन्यो कार्यदल

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको ‘लकडाउन’ले काम प्रभावित भएपछि कामदार नथप्ने र निर्माण स्थलमा भएकालाई परिचालन गरी काम थालिएको कम्पनीका कार्यकारी निर्देशक अरुन धिमानले बताए । अधिकांश मजदूर बाहिरी जिल्ला र भारत भएका कारण घर फर्किन सम्भव नभएको बताइएको छ । भारतीय निर्माण कम्पनी सतलजले निर्माणको काम गरिरहेको छ ।

याे पनि पढ्नुस  ‘लकडाउन’मा पनि अत्यावश्यक वस्तुको पसल खोल्न दिइने

आयोजना स्थलमा रहेका करिब १ हजार ५ सय कामदारले काम थालेका हुन् । यस अघि आयोजनामा ३ हजार कामदार रहेपनि कोरोनाको त्रासले धेरैजसो घर गएको निर्माण कम्पनीले जनाएको छ । अधिकांश कामदार भारतीय छन् ।

कामदारको स्वास्थ्य सुरक्षालाई प्राथामिकता दिदै काम शुरु गरिएको जनाइएको छ । विद्युत गृह र बाँधलगायतका विभिन्न सुरुङमा विस्फोटको काम थालिएको जनाइएको छ । लकडाउनले आयोजनामा चाहिने सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्रीको अभाव हुने देखिएको छ । रासस

कमेन्ट गर्नुहोस्