हास्यकलाकार बुलेट प्रकाशको निधन

काठमाडौंः इन्डियन साउथ फिल्मका चर्चित हास्यकलाकार बुलेट प्रकाशको निधन भएको छ । उनको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनको बैंग्लोरको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनको वजन एक्कासी ३५ किलो घटेपछि स्वास्थ्यमा समस्या आएको बताइएको छ । उनको अन्तिम संस्कार मंगलबार गरिएको छ ।

४४ वर्ष पुगेका प्रकाश साउथ फिल्मका चर्चित हास्यकलाकारमा गनिने गर्थे । उनले हालसम्म ३ सय बढी फिल्म खेलिसकेका थिए ।

कमेन्ट गर्नुहोस्