कोरोनाबाट मृत्यु हुनेको संख्या ७८ हजार नाघ्यो, कुन देशमा कति? (सूचीसहित)

निको भए २ लाख ९४ हजार काेराेना संक्रमित

काठमाडौंः विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या ७८ हजार नाघेको छ ।

मंगलबार एकैदिन ३४ सय बढीको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ७८ हजार नाघेको हो ।

मंगलबार सबैभन्दा बढी अमेरिका र बेलायतमा संक्रमितको मृत्यु भएको छ । अमेरिकामा आज राति ९ बजेसम्म थप ९१० जनाको ज्यान गएको छ ।

याे पनि पढ्नुस  कोरोना प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न सांसदको माग

योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ७ सय नाघेको छ । त्यहाँ ३ लाख ७७ हजार व्यक्ति संक्रमित भइसकेका छन् ।

मंगलबार मात्रै अमेरिकामा १० हजार बढी नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, बेलायतमा आज साढे ७८६ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय नाघेको छ । बेलायतमा ५५ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् ।

याे पनि पढ्नुस  भारतमा २४ घण्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

स्पेनमा मंगलबार रातिसम्म १३ हजार ७ सय व्यक्तिको ज्यान गुइसकेको छ । आज मात्रै त्यहाँ साढे ४ सय कोरोना संक्रमितको मृत्यु भएको छ । स्पेनमा कूल संक्रमितको संख्या १ लाख ४० हजार नाघेको छ ।

विश्वका २०९ देशमा फैलिसकेको कोरोनाबाट १३ लाख ७८ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् ।

याे पनि पढ्नुस  ‘लकडाउन’कै बेला दिल्लीबाट आएका थिए १४ वर्षीय संक्रमित किशोर

जसमध्ये २ लाख ९४ हजार निको हुँदा ७८ हजारले ज्यान गुमाएका छन् । सम्पूर्ण देशको कोरोना अपडेटका लागि यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्