कञ्चनपुरमा अवैध हतियारसहित वडाध्यक्षको गाडी नियन्त्रणमा

महेन्द्रनगरः कञ्चनपुरमा सशस्त्र प्रहरीले अवैध हतियारसहित वडाध्यक्षले प्रयोग गर्दै आएको गाडी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको मोवायल टोलीले दुई थान अवैध बन्दुकसहित कैलाली गोदावरी नगरपालिका–१० का वडाध्यक्ष गुड्डु भनेर चिनिने रवीन्द्र शाहीको गाडी नियन्त्रणमा लिएको हो ।

याे पनि पढ्नुस  तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक वीरबहादुर साहुले दिएको जानकारी अनुसार गाडी र बन्दुक लगायतका सामग्री नियन्त्रणमा लिइएको हो ।

प्रारम्भिक जानकारी अनुसार हातहतियारसहित नियन्त्रणमा लिएको गाडी गोदावरी १० कै अध्यक्ष शाहीको भएको बुझिएको उनले बताए।

याे पनि पढ्नुस  कञ्चनपुरमा भेटियो दुर्लभ राजधनेश चरा

कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को बिचमा पर्ने पूर्वपश्चिम राजमार्गमा रोकिराखेको भारतीय नम्बर डिएल–३ सिसिआर ३९९७ को टोयटा फर्चुन गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक साहुले बताए ।

यस्तै गाडीबाट ८२ हजार नगद, मेघा बैँक, हिमालयन बैँक, एनआईसी एसिया बैँक, गरिमा विकास बैँक, आर बिएम इन्डियन बैँक, आईएमई बैकका एक–एक एटिएम कार्ड पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्