भारतबाट एकैदिन भित्रिए १७३ मालवाहक गाडी

जनकपुरः पर्सास्थित विभिन्न नाकाबाट भारतबाट १७३ वटा मालवाहक गाडी भित्रिएका छन् । चैत २४ गते सो मालवाहक गाडी भित्रिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

एकीकृत भन्सार जाँचचौकी भएर १६४ वटा मालवाहक गाडी र पर्साको इनरुवा नाकाबाट तरकारी र फलफूल बोकेका नौवटा गाडी भित्रिएको सचिव घिमिरेले बताए । त्यस्तै, पर्साको एकीकृत भन्सार चौकीबाट भारततर्फ १०७ वटा र इनरुवा नाकाबाट आठवटा खाली मालवाहक गाडी गएको छ ।

याे पनि पढ्नुस  महाधिवेशनले पार्टी विवाद समाधान गर्छः नेता सिंह

लकडाउनको अवधिमा कृषि क्षेत्र प्रभावित भएकाले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले किसानलाई सामाजिक दूरी कायम गर्दै आफ्ना बालीनाली उठाउन, लगाउनका साथै छिट्टै नाश हुने अण्डा, दूध, चल्ला, बीउबिजन र तरकारीलगायतका कृषिजन्य वस्तु सुरक्षितरुपमा बजार पु¥याउने व्यवस्था मिलाउन किसानलाई आह्वान गरेको छ ।

याे पनि पढ्नुस  होटलको गेटमा भेटियो पुरुषको शव

भारतमा सम्पन्न धार्मिक सभा तबलिकी जमातमा सहभागी भएका तीन जनासहित पाँच जनालाई चैत २३ गते राति सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पक्राउ गरिएको छ । उनीहरु भारतबाट लुकीछिपी प्रवेश गरेपछि पक्राउ गरिएको हो । उनीहरुलाई स्थानीय माविको क्वारेन्टाइनमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्