सांसद चौधरीद्वारा कोरोना राहत कोषमा १ लाख सहयोग

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरीले इटहरी उपमहानगरपालिकाको राहत कोषमा १ लाख र रामधुनी नगरपालिकालाई २५०० केजी चामल सहयोग गर्ने घोषणा गरेकी छिन् ।

राजनीतिक तथा सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदै आइरहेकी नेतृ चौधरीले विपन्न परिवारलाई आफ्नो सानो सहयोगले केही हदसम्म सहयोग पुग्ने बताइन् ।

याे पनि पढ्नुस  कृषि करार खेती ऐन निर्माण प्रक्रिया अगाडी बढाएका छौ - राज्य मन्त्री चौधरी

यो संकटको घडीमा हुनेले नहुनेलाई, एक छिमेकीले अर्को छिमेकीलाई जे हुन्छ त्यही सहयोग गर्नुपर्ने उनले बताइन् ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) दोस्रो चरणमा प्रवेश भएसँगै स्थिति भयावह हुनसक्ने भएकोले ‘लकडाउन’ पूर्णपालना गर्नुपर्नेमा सांसद चौधरीले जोड दिइन् ।

विश्वभरी महामारीको रुप लिएको कोराेनाबाट नेपालमा पनि ९ जना संक्रमित भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्