१९ हजार मजदूरलाई सलमान खानले गरे करोडौं सहयोग

मुम्बईः बलिउडमा दबङ स्टाइलले चिनिने सलमान खानले कोरोना महामारीको बेला ठूलो सहयोगको घोषणा गरेका छन् । कोरोना संक्रमणका कारण सबैभन्दा बढी मारमा परेका दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुलाई उनले सहयोग गरेका हुन ।

च्यारिटीमार्फत सहयोगका लागि प्रसिद्ध सलमान खानले मुम्बईको फिल्म उद्योगमा कार्यरत दैनिक ज्यालादारी मजदूरलाई ११ करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन । यस अन्तर्गत इण्डष्ट्रीमा कार्यरत १९ हजार दैनिक ज्यालादारी मजदूरको खातामा मासिक ३ हजारका दरले रकम जम्मा हुने छ । सलमान खानले दुई महिनासम्म प्रति मजदूर ३ हजार दिने छन् ।

याे पनि पढ्नुस  कोरोना जित्दै संक्रमितः थप ४ जना आज डिस्चार्ज हुँदै

करिब १० दिन अघि सलमान खानले फेडरेसन अफ वेष्टर्न इण्डिया सिने इम्प्वाई का महासचिव अशोक दुबेसँग सम्पर्क गर्दै सबै दैनिक ज्यालादारी मजदूरका बैंक खाताको जानकारी लिएका थिए । सोमबार ६ अप्रिलका दिन उनलाई १९ हजार बैंक मजदूरको खाता नम्बर दिइएको थियो । सलमानले बैंक खाताको जानकारी पाउने बित्तिकै तत्कालै हिजो साँझसम्म १६ हजार मजदूरको खातामा उक्त रकम जम्मा गराइसकेका छन् । बाँकी मजदूरको खातामा आजसम्म रकम पठाउने उनको कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  त्रिविमा पठनपाठन बन्द, के परीक्षा पनि सर्छ ?

सलमान खानले अप्रिलपछि मईमा समेत फेरी रकम जम्मा गर्ने बताएका छन् । यसरी दुई महिनासम्म सलमान खानले १० करोड ५० लाख भन्दा बढी रकम सहयोग गर्ने छन् ।

बिइङ ह्इूमन भन्ने फाउण्डेसनका माध्यमबाट सलमान खानले यसअघि पनि सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् । उनको फाउण्डेसनले गरिब तथा मजदूरका बालबालिकालाई शिक्षामा सहयोग गर्दछ ।

याे पनि पढ्नुस  यी हुन् कोरोनालाई जित्दै घर फर्किंएका ७ नेपाली (सूचीसहित)

अहिले उनको सहयोगबाट दुई सय बालबालिका मुम्बईका बिभिन्न स्कूलमा अध्ययन गरिरहेका छन् । यसका साथै उनले अपाङहरुलाई सक्षम बनाउने परियोजना समेत सञ्चालन गरेका छन् ।

कमेन्ट गर्नुहोस्