भारतीय प्रधानमन्त्री मोदीद्वारा सर्वदलीय बैठक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग बुधबार छलफल गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणविरुद्धको लडाइलाई प्रभावकारी सशक्त बनाउने उद्धेश्यले उनले सर्वदलीय बैठक गरेको अधिकारीहरुले जनाएका छन् ।

लोकसभा र राज्यसभामा पाँचभन्दा बढी सदस्य रहेका दलहरुसँग प्रधानमन्त्री मोदीले छलफल गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कोरोनाबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले बैठक भिडियोमार्फत गरिएको थियो । प्रधानमन्त्री मोदीले यसअघि केही दिन पहिलो मन्त्रिपरिषद्को बैठक पनि भिडियोमार्फत् नै गरेका थिए ।

याे पनि पढ्नुस  अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

मन्त्रिपरिषद् बैठकमा उनले ‘लकडाउन’ पछिका लागि विषेश योजना बनाउन संघीय मन्त्रीहरुलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री मोदीले मुख्य दश निर्णयका लागि तयारी गर्न र प्राथमिकताका दश क्षेत्र किटान गर्न मन्त्रीहरुलाई सोमबार निर्देशन दिएका हुन् ।

कोरोना सङ्क्रमणका कारण देशका धेरै क्षेत्रमा दिर्घकालिन असर पर्ने भएकाले त्यसको सामना गर्नका लागि विषेश योजना, कार्यक्रम र रणनीतिहरु बनाउनु पर्नेमा उनको जोड थियो ।

याे पनि पढ्नुस  ट्रम्पको पत्रकार सम्मेलन बन्द, सडकमा नथुक्न मोदीको आह्वान

आन्तरिक उत्पादनलाई जोड दिँदै निर्यात गर्न सकिने नयाँ क्षेत्र र देशहरुको पहिचान गर्न र कार्यान्वयन गर्न सकिने योजनाहरु ल्याउन प्रधानमन्त्री मोदीले आह्वान गरेका हुन् ।

भारतमा कोरोनाको सङ्क्रमण फैलिदै गएपछि गत मार्च २४ तारिखदेखि लागू हुने गरी यही अप्रिल १४ तारिखसम्मका लागि २१ दिने देशव्यापी लकडाउन लगाइएको छ ।

याे पनि पढ्नुस  मोदीले गरे विवादास्पद नागरिकता कानुनको बचाउ

बुधबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री मोदीले कोरोना विरुद्धको लडाईका लागि सरकारले गरिरहेका कामका बारेमा जानकारी दिएका थिए । उनले कोरोना भाइरस विरुद्धको लडाई सरकारको मात्रै लडाई नभएकाले साथ दिन सवै दलहरुलाई आह्वान गरेका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्