रोचक घटनाः लकडाउनमा रक्सी नपाएपछि…

आसामः कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन गरिएपछि रक्सीको लत लागेकाहरुलाई सबैभन्दा ठूलो छटपटी भएको छ ।

यसैबीच रक्सी खान नपाएपछि एउटा समूहले मदिरा पसलमा ताडफोड गरेर लाखौं रुपैयाँको रक्सी चोरेका छन् ।

समाचार अनुसार, आसामको शिवसागर नगर क्षेत्रमा मंगलबार साँझ यो घटना घटेको हो ।

याे पनि पढ्नुस  ‘लकडाउन’ ले फेरिएको दैनिकी, पुस्तक बन्दै धेरैको साथी

लकडाउनको फाइदा उठाएर हुल्ल्याहरुको एउटा समूहले चार्ली क्षेत्रमा मदिरा पसलमा लुटपाट गरेका हुन् ।

मदिरा पसलका मालिक शैलधर बरुवाका अनुसार, केही मानिसले हाम्रो क्षेत्रमा रक्सी बेचिरहेको थाहापाएपछि पसल हेर्न जाँदा तोडफोड र चोरी भएको थाहा भयो ।

उनीहरुले १० हजार नगद समेत चोरेका र लाखौंको रक्सी लगेको उनले बताए । तत्कालै प्रहरीलाई खबर गरेपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्