बिल गेट्सले पठाए बिहारमा १५ हजार कोरोना टेष्ट किट

पटनाः माइक्रोसोफ्टका संस्थापक तथा संसारका सबैभन्दा धनी व्यक्ति बिल गेट्सले भारतको बिहारमा कोरोना संक्रमण पहिचान गर्न टेष्ट किट पठाएका छन् ।

बिल एण्ड मिलिन्डा गेट्स फाउण्डेसनका तर्फबाट गेट्सले १५ हजार कोरोना टेष्ट केट पठाएका हुन् ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, यी किटहरु बिहार पठाइएको छ ।

याे पनि पढ्नुस  इमर्जेन्सी कक्षमा एकपछि अर्को गर्दै ४० मिनेटमा ६ जनाको मृत्यु भएपछि...

बालबालिकाको स्वास्थ्य, एचआईभी तथा अन्य कैयन रोगहरुको नियन्त्रण तथा उपचारका

लागि यो फाउण्डेसनले विगत २० वर्षदेखि काम गर्दै आएको छ ।

बिहारमा भने फाउण्डेसनले अनन्या नामक परियोजना शुरु गर्दै आएको छ ।

यो परियोजना अन्तर्गत जनस्वास्थ्यका विषयमा सार्वजनिक नीजि क्षेत्रसँग मिलेर काम गरिन्छ ।

याे पनि पढ्नुस  बागलुङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

फाण्डेसनले सिंगापुरबाट किट्स भारत पठाएको थियो ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले गेटससँग यसअघि पनि बारम्बार भेट गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्