कोरोना टाँसिने डरले ७५ प्रहरीले खौरिए कपाल

नयाँदिल्लीः कोरोना भाइरसको संक्रमणबाट जोगिने चक्करमा अनौठा अनौठा घटनाहरु देख्न पाइएको छ ।

यस्तै अचम्मको घटना भारतको आगरामा देखिएको छ ।

भारतको आगरा स्थित फतेहपुरी सिकरी प्रहरी थानाका सुरक्षाकर्मीहरुले कपालबाट कोरोना सर्ने डरले सामूहिक मुण्डन गराएका छन् ।

गस्तीमा निस्केका सबै प्रहरीहरुले कपाल खौरिएको देखेपछि मानिसहरु चकित बनेका थिए ।

याे पनि पढ्नुस  कोरोनामा भारतले फेरि तोड्यो आफ्नै रेकर्ड

थानाका इन्चार्ज भुपेन्द्र सिंह बालियानका अनुसार, डाक्टरले कोरोना भाइरस कपालमा टाँसिने र त्यहाँबाट श्वास फेर्दा भित्र जान सक्ने बताएपछि हामीले मुण्डन गर्ने फैसला लिएका हौं । पुरै थाना यसमा सहमत भएपछि ७५ जनाले कपाल खौरिएका हौं ।

कपाल खौरिंदा भने सामाजिक दूरी कायम गरिएको उनले बताए ।

याे पनि पढ्नुस  कोरोना त्रासदीः ‘लिन आउन सक्छौं भने आउ’ यति भन्दै २ सय किमि हिँडेपछि बाटोमैं ढले उनी

कपाल मुण्डन गराउनेमा प्रभारि निरिक्षक (इन्चार्ज)का अतिरिक्त क्राम अमित कुमार, नौ उपरिक्षक, १५ मुख्य आरक्षी र ४९ आरक्षी रहेका छन् । प्रहरीले कपाल खौरिनु प्रहरी प्रोटोकलविरुद्ध नभएको दावी गरेको छ ।

लामो कपाल राख्नु अनुशासन विपरित भएपनि कपाल खौरिनुबाट अनुशासन भंग नहुने उनीहरुको तर्क छ ।

कमेन्ट गर्नुहोस्