स्वास्थ्य सामग्रीको अभाव हुन दिन्नौँः मन्त्री ढकाल

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्रीको अभाव हुन नदिइने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन सांसद्को आज संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताएका हुन् ।

याे पनि पढ्नुस  मनाङमा १ जना क्वारेन्टाइनमा, स्वास्थ्य सामग्री अभाव

आवश्यक स्वास्थ्य सामग्री अस्पतालमा पुगेको जनाउँदै उनले कतिपय सामाग्रीहरू निरन्तर नमूना परीक्षणको काम दोब्बर बनाउन आजै हेलिकोप्टर मार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिए ।

मागपत्र बुझाउन बझाङका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना स्वास्थ्य मन्त्रालयमा आएका थिए ।

कमेन्ट गर्नुहोस्