कोरोनाबारे जनचेतना फैलाउँदै कैलाली रेडक्रस

धनगढी: विश्वव्यापी माहामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस रोकथाम तथा न्युनिकरणका लागि नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले आफ्ना गतिविधिलाई तीव्र पारेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्युनिकरणका लागि विभिन्न माध्यमबाट जनचेतानमुलक गतिविधि संचालन गरेको केन्द्रीय सदस्य तथा शाखाका सभापति उत्तम जोशीले बताए ।

रेडक्रस कैलालीले सरकारले घोषणा गरेको लकडाउनलाई आत्मसाथ गर्दै आफ्ना गतिविधिलाई संचालन गरिरहेको सभापति जोशीले बताए ।
कोरोना भाइरस सम्बन्धी उत्पन्न हुने परिस्थितिलाई आंकलन गरेर सरकारद्वारा कैलाली जिल्लाको विभिन्नस्थानमा स्थापना गरिएका निगरानी कक्ष व्यवस्थापन गर्न विभिन्न सामग्री समेत उपलब्ध गराइएको छ । विभिन्न निकायबाट माग भएअनुसार जिल्ला शाखासंग रहेका सामाग्री पठाएर सहयोग गरिएको रेडक्रस कैलालीकका कार्यक्रम अधिकृत नरेन्द्र भट्टले बताए ।

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुग्यो

रेडक्रस कैलालीले विभिन्न एफएम र स्थानिय टेलिभिजनबाट निरन्तर कोरोना सम्बन्धि जिङगल प्रसारण गरिरहेको छ । डाक्टर र सरोकारवालहरुसंग रेडियो कार्यक्रम, कोरना सम्बन्धि जनचेतनामुलक समुदायमा छलफल तथा अभिमुखिकरण कार्यक्रम, कोरना सम्बन्धि सुचनामुलक ब्यानरहरु सार्बजनिक स्थानमा राख्ने काम गरिएको कार्यक्रम अधिकृत भट्टले बताए ।

याे पनि पढ्नुस  सार्वजनिक सवारी बन्द गर्ने तयारीमा सरकार

रेडक्रस कैलालीले १२ जना एम्बुलेन्स चालकहरुलाई व्यक्तिगत सुरक्षा तथा एम्बुलेन्सको सरसफइ सम्बन्धि अभिमुखिकरण र सबै स्थानीय निकायसंग निरनतर समन्वय तथा सहकार्य गरिरहेको सभापति जोशीले जानकारी दिए ।

हालसम्म रेडक्रस कैलालीले १७ थान त्रिपाल, ३९५ थान कम्बल, ३५० मच्छरदानी, ४०२ बाल्टिन, १७९ जग, ४२९ साबुन, १५ वटा तौलिया, ३० थान ग्लोब्स र ६२ प्याकेट टिस्यु पेपर समेत वितरण गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्