ट्रम्पलाई डब्लूएचओकाे कडा प्रतिक्रया: महामारीमा राजनीति बन्द गर, के अझै बढी लाश हेर्न मन छ ?

काठमाडौं:  विश्व स्वास्थ संगठन (डब्लूएचओ)ले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पद्वारा लगाएकाे आराेपकाे कडा प्रतिक्रिया दिएकाे छ । संगठनकाे प्रमुख टेड्राेस अधानम गेब्रेयससले अमेरिकालाई महामारीमा राजनीति बन्द गर्न अपील गरेका हुन ।

यसअघि राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनकाे कडा आलाेचना गर्दै सहयाेग बन्द गर्ने धम्की दिएका थिए । “याे कमी निकाल्ने र आलोचना गर्ने समय हाेईन ।” उनले भने, “यस्ता बयानले राष्ट्रियस्तरमा मतभेद बढाउँछ। के तपाईलाई मृत मानिस भरिएका ब्याग अझै हेर्न मन छ ?”

याे पनि पढ्नुस  अधिकार दिए महाअभियोगमा सहयोग गर्न तयार– डोनाल्ड ट्रम्प

जेनेभामा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै उनले यदि बढी लास नचाहने हाे भने यसमाथि राजनीति बन्द गर्नुपर्ने बताए । “तपाईकाे देशभित्र महामारीविरुद्ध एकता याे खतरनाक भाईरसलाई राेक्न महत्वपुर्ण हुन्छ ।”

अमेरिकाले काेराेना महामारीबारे विश्व स्वास्थ्य संगठनले भ्रममा राख्न खाेजेकाे भन्दै आलाेचना गर्दै आएकाे छ । “हामीले सकेकाे गर्दै आएका छाैं, दिन रात नभनि गरिरहेका छाै र भाेली पनि गर्नेछाै । समय बर्बाद गर्ने हामीलाई फुर्सद छैन ।”

याे पनि पढ्नुस  राष्ट्रपति ट्रम्पले हस्तान्तरण गरे तीन महिनाको पुरै तलब स्वास्थ्य निकायलाई

उनले भने, “सबल र दुर्बल पक्ष पहिचान गरेर हामी यसकाे संश्लेषण गर्नेछाैं । हामी महामारीबाट सिक्न चाहन्छाैं ।”

यो पनि पढ्नुस्ः

डब्लूएचओलाई ट्रम्पको चेतावनी– हाम्रो पैसामा बाँच्ने अनि चीनको पक्षमा काम गर्ने ?

 

कमेन्ट गर्नुहोस्