कालीमाटी बजार आजदेखि बन्द, कहाँबाट किन्ने तरकारी ?

काठमाडौंः कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिने भएको छ । काठमाडौं महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो ।

बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिन्छ । महानगरपालिकाले बन्दाबन्दी अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ ।

याे पनि पढ्नुस  नागरिकले महानगरसँग गरेका अपेक्षा पूरा हुनुपर्ने माग

साथै तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौंको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्नेगरी तयारी भएको जानकारी दिए ।

सम्बन्धित समाचारः

११ स्थानमा तरकारी तथा फलफूल बिक्री केन्द्र खोल्दै सरकार, कहाँ–कहाँ ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्