कालिञ्चोकमा आइसोलेसन वार्ड निर्माण

दोलखाः कालिञ्चोकमा रहेको प्रताप स्मृति कलेजमा १५ बेडको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट आउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेसन वार्ड निर्माण गरिएको हो ।

नेकपा कालिञ्चोक गाउँकमिटि अध्यक्ष भक्तबहादुर सिवाकोटी लगायतको अगुवाईंमा आइसोलेसन वार्ड निर्माण गरिएको हो ।

नेकपा कालिञ्चोक गाउँकमिटि अध्यक्ष सिवाकोटीका अनुसार क्वारेन्टाइनमा २३ जनालाई राखिएको छ । आइसोलेसनमा भने कसैलाई राखिएको छैन ।

सिवाकोटीका अनुसार क्वारेन्टाइन र आइसोलेसनमा आवश्यक स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा रहेकाहरूको सुरक्षाका लागि सेना १५, शसस्त्र ५ जना र प्रहरी १ जना खटिएका छन् । फाइल फोटो

कमेन्ट गर्नुहोस्