भारतमा प्रतिदिन ५ सय बढी संक्रमित थपिँदै, ३०% मा लक्षणविहिन संक्रमण, दोस्रो इटाली बन्ने खतरा

नयाँ दिल्ली: भारतमा कोरोना भाइरसको संक्रमण तीब्र हुँदै गएको छ । हरेक दिन ५ सय बढीमा नयाँ संक्रमण देखिएको छ । अहिलेसम्म सबै प्रभावितहरुमा टेष्ट गरिएको छैन ।
आज बिहानसम्मको तथ्यांक हेर्दा भारतमा ५ हजार ९ सय १६ जना संक्रमित भएका छन् भने १७८ जनाको मृत्यु भएको छ । बुधबार मात्रै भारतमा ५६५ वटा नयाँ संक्रमण देखा परेको थियो ।
टेष्ट बढ्ने क्रमसँगै संक्रमितको संख्या समेत ह्वात्तै पढने अनुमान गरिएको छ । कतिपयले भारत र इटालीमा संक्रमणको प्रवृत्ति समान रहेको बताएका छन् । एक महिना अघिको इटाली र एक महिनापछिको भारत समानस्तरमा रहेको उनीहरुको विश्लेषण छ ।
बार चार्ट दैनिक भास्करबाट
दोश्रो चरणमा रहेको भारत कुनै पनि बेला महामारीको तेश्रो चरण या आम महामारीतर्फ उन्मुख हुने खतरा देखिएको छ । यसो भयो भने भारतमा पनि इटालीको जस्तै महामारी विष्फोट हुन सक्छ । अहिलेसम्म संक्रमितको सम्पर्कमा आएका सबैलाई खोजेर क्वारेन्टाइनमा राखेर जाँच गर्न सकिएको छैन ।
भारतको सबैभन्दा ठूलो चिन्ता निष्क्रिय संक्रमणका घटना बढ्नु हो । यो भनेको कोराना भाइरसबाट संक्रमित भएर पनि लक्षण नदेखाउने अवस्था हो । अहिले भारतको कूल संक्रमणको करिब ३० प्रतिशतमा लक्षण देखिएको छैन । लक्षण नदेखिने अवस्थामा यो संक्रमण फैलिने खतरा निकै बढी हुन्छ । निष्क्रिय संक्रमणको अवस्थाका कारण भारतका स्वास्थ्यविज्ञ र सरकार चिन्तामा रहेका छन् । यसबाट भारतमा कुनै पनि बेला महामारी आम महामारीमा रुपान्तरित हुने खतरा बढेको छ ।
बार चार्ट दैनिक भास्करबाट
बुधबारका दिन भने भारतमा कोरोना संक्रमणबाट निको हुनेको संख्या उल्लेख्य रहेको छ । बुधबार मात्रै ९५ बिरामी निको भएर घर फर्केको भास्कर दैनिकले जनाएको छ ।
दिल्ली, मुम्बई, चंडीगढ र उत्तरप्रदेशमा घरबाहिर निस्किंदा अनिवार्यरुपमा मास्क या मुखमा कपडाले छोप्नुपर्न आदेश दिइएको छ । अहिले सरकारले देशैभरी लकडाउनको घोषणा गरेको छ । यद्यपी यसको पूर्ण पालना भने अहिलेसम्म पनि हुन सकेको छैन ।
राज्यको सूचीसहित:
राज्य सख्या निको    निधन
MAHARASHTRA 1135 117 72
TAMIL NADU 738 21 8
DELHI 669 21 9
TELANGANA 453 45 11
RAJASTHAN 383 45 3
UTTAR PRADESH 361 31 4
ANDHRA PRADESH 348 6 3
KERALA 345 84 2
MADHYA PRADESH 341 25 24
GUJARAT 186 25 16
KARNATAKA 181 28 5
HARYANA 167 32 2
JAMMU AND KASHMIR 158 6 3
PUNJAB 6112 14 9
WEST BENGAL 99 13 5
ODISHA 42 2 1
BIHAR 39 15 1
UTTARAKHAND 35 5
ASSAM 28
HIMACHAL PRADESH 27 2 2
CHANDIGARH 18 7
LADAKH 14 10
JHARKHAND 913
ANDAMAN AND NICOBAR ISLANDS 11
CHHATTISGARH 10 9
GOA 7
PUDUCHERRY 5 1
MANIPUR 2 1
ARUNACHAL PRADESH 1
DADRA AND NAGAR HAVELI 1
MIZORAM 1
TRIPURA 1
TOTAL 15931 565 180
याे पनि पढ्नुस  भारतबाट आएका ११२ जनाको पिसीआर रिपोर्ट आयो

 

source: covid19india.org

कमेन्ट गर्नुहोस्