बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुग्यो

काठमाडौंः बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ ।

बहराइनस्थित नेपाली दूतावासले जानकारी दिए अनुसार यस अघि १२ जना नेपालीमा कोरोनाको संक्रमण देखिएकोमा हिजो थप १० जनामा संक्रमण देखिए संगै संक्रमित नेपालीको संख्या २२ पुगेको हो ।

बहराइन अधिराज्यमा ८ अप्रिल दिउँसो २.०० बजे सम्ममा ५२ हजार ३५१ जनामा कोरोना संक्रमण भए÷नभएको परिक्षण गरिएको छ । संक्रमित व्यक्तिहरुको संख्या ३४९ जना रहेकोमा ती जना गम्भीर अवस्थामा रहेको बताएको छ ।

याे पनि पढ्नुस  अदालत चैत २२ गतेसम्म बन्द हुने

संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको छ । मृतकको संख्या पाँच पुगेको दूतावासले जानकारी दिएको छ ।

केहि समय अगाडि सल्माबादस्थित एक क्यापमा एक जना विदेशी नागरिकमा संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब चार सय जनालाई क्वारेनटाइन गरिएकोमा हाल थप दस जना नेपालीमा संक्रमण पुष्टी भएको हो ।

याे पनि पढ्नुस  मन्त्रिपरिषद बैठक बस्दै, कोरोनाबाट थप निर्णय हुनसक्ने

बहराइनमा अवैधानिक रुपमा बिना कागजात कार्यरत विदेशी कामदारहरुका लागि बैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर २०२० सम्म बहराइनले समय दिएको दूतावासले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्