‘लकडाउनको मौकामा बाबुछोराद्वारा चोरी, गहना पानी ट्याङकीभित्र लुकाए’

कैलालीः लकडाउनको मौका छोपेर बाबुछोराले धनगढीमा सुनचाँदी पसल चोरी गरेको प्रहरीले जनाएको छ ।

कारागार रोडका ४५ बर्षीय पप्पु गुप्ता र उनका छोरा २० बर्षीय पवन गुप्ताले बुधबार राति जिल्ला प्रशासन अगाडि रहेको प्रिया सुन चाँदी पसलमा चोरी गरेका हुन् ।

याे पनि पढ्नुस  गोरू हत्या गरेको आरोपमा धनगढीमा ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले सुन पसलबाट चोरेको गहना घरको छतमा रहेको पानी ट्याङकीभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको बताए ।

प्रिया सुनचाँदी पसलका सञ्चालक बिनोद कुमार बर्माले झण्डै १२ लखाको चोरी भएको बताए ।

कमेन्ट गर्नुहोस्