कोरोना उपचारमा संलग्‍न भारतीय चिकित्सकको मृत्यु

काठमाडौं: भारतको मध्यप्रदेशमा पर्ने इन्दौर जिल्लामा कोराना भाइरस संक्रमितको उपचारमा संलग्न एक चिकित्सकको मृत्यु भएको छ ।

संक्रमित बिरामीको उपचारमा संलग्न डा शत्रुघन पंजवानीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ती सञ्चार माध्यमहरुले चिकित्सा स्वास्थ्य प्रमुखले (सीएमएचओ) ले चिकित्सकको मृत्यु भएको पुष्टि गरिसकेको पनि उल्लेख गरेका छन् ।

याे पनि पढ्नुस  कोरोना संकटका बीच मध्यप्रदेशमा मन्त्रिपरिषद् विस्तार, मास्क लगाएरै मन्त्रीले लिए शपथ

आजतकका अनुसार मध्य प्रदेशको इन्दौर शहर कोरोनाको केन्द्रबिन्दु भएको छ र डाक्टरको मृत्युले सम्पूर्ण राज्यमा हलचल मच्चाएको छ ।

केही दिनअघि डा. पंजवानीले भिडियो जारी गर्दै आफू पूर्ण रुपमा स्वस्थ रहेको र आफूलाई संक्रमण नभएको दाबी गरेका थिए ।उनले आफूविरुद्ध अफवाह फैलाइएको भन्दै आपत्तिसमेत जनाएका थिए ।

कमेन्ट गर्नुहोस्