‘लकडाउन’ उल्लंघन गरेपछि मन्त्रीलाई कारवाही

दक्षिण अफ्रिका राष्ट्रपति सिरिल रामाफोसाले देशव्यापी ‘लकडाउन’को नियम उल्लंघन गरेको भन्दै सञ्चारमन्त्रीलाई २ महिनाको विशेष विदा दिँदै १ महिनाको तलब कटौती गरिदिएका छन् ।

बुधबार सञ्चारमन्त्रीले ‘लकडाउन’ उल्लंघन गर्दै एक पूर्वअधिकारीसँग खाजा खाएपछि राष्ट्रपति रामाफोसाले यस्तो कारवाही गरेका हुन् ।

याे पनि पढ्नुस  के एसी (AC) चलाउँदा कोरोना भाइरस फैलिन्छ ?

सञ्चारमन्त्री स्टेला न्दाबेनी अब्राहम्सले ती पूर्वअधिकारीसँग खाजा खाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि राष्ट्रपतिले कारवाही गरेका हुन् ।

दक्षिण अफ्रिकामा कोरोना भाइरस महामारी नियन्त्रण गर्न मार्च २७ देखि २१ दिनको लकडाउन घोषणा भएको छ । मानिसहरुलाई खाना, पानी, औषधि किन्ने जस्ता अत्यावस्यक वाहेकका काममा घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

याे पनि पढ्नुस  लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक सुरू

लकडाउन उल्लंघन गरेको भन्दै केही दिनमै दक्षिण अफ्रिकामा १७ हजार भन्दा धेरै मानिस पक्राउ परेका छन् । ‘

कमेन्ट गर्नुहोस्