शुक्रबार र शनिबार काठमाडौंबाट बाहिर जान दिने सरकारको निर्णय

काठमाडौंः सरकारले लकडाउनका कारण काठमाडौंमा रहेकालाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ।

बिहीबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यकाबाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको हो।

लक डाउनको बेला मानिसहरू हिँडेरै टाढाटाढा आफ्नो गृहजिल्ला जाने गरेपछि सरकारले दुई दिन उपत्यका बाहिर जान दिने भएको हो।

याे पनि पढ्नुस  लकडाउन खुकुलो बनाइँदै

यो अवधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन। बाहिर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्