कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा ५ खर्ब डलरको नोक्सानी हुने

न्यूयोर्कः विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा खर्बौंको क्षति हुने अनुमान गरिएको छ ।

बाल स्ट्रिट बैंकका अनुसार, आगामी २ वर्षसम्म विश्व अर्थतन्त्रमा ५ खर्ब डलरको नोक्सानी हुन सक्छ ।

लकडाउनको स्थिति केही दिनमा सामान्य हुने अपेक्षा गरिए पनि पुरानै अवस्थामा अर्थव्यवस्था फर्काउन भने लामो समय लिने देखिन्छ ।

याे पनि पढ्नुस  कोरोना रोक्नका लागि मेडिकल सामग्री र चिकित्सक पठाउन चीन तयार

रिपोर्टका अनुसार, कोरोना महामारी फैलिनुपूर्व विश्वका कतिपय देशहरुको अर्थतन्त्र जुन अवस्थामा रहेको थियो, त्यो स्थितिमा फर्किन दुई वर्ष लाग्न सक्छ।

सन् २०२२ सम्म देशहरुले पुरानै अवस्थामा अर्थव्यवस्था फर्काउन सक्छन् ।

२००९ को सेप्टेम्बर ११ मा अमेरिका आक्रमणमा भएपछि पनि अर्थव्यवस्थामा मन्दी छाएको थियो । तर, त्यो रिकभर हुन बढी समय लागेन ।

याे पनि पढ्नुस  कोरोनाबाट सोमालियाका पूर्वप्रधानमन्त्रीको निधन

अहिलेको अवस्था भने त्यो भन्दा निकै खराब भएकोले यसलाई लयमा फर्काउन नीति निर्माता र देशहरुले कडा मिहिनेत गर्नुपर्ने रिपोर्टमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्