काठमाडौंबाट भोलि र पर्सि बाहिर पठाउने निर्णय परिवर्तन

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का कारण काठमाडौंमा रोकिएकालाई शुक्रबार र शनिबारउपत्यका बाहिर जान दिने निर्णय परिवर्तन गरिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउँदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  यूएईमा कोरोना संक्रमित नेपालीको स‌ंख्या ११ पुग्‍यो

यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउने भनेर समाचारहरु सार्वजनिक भएका थिए ।

‘छलफल मात्र भएको हो । निर्णय भएको होइन । अहिले मानिसहरु बाहिर पठाउँदा थप जोखिम हुने भएकाले तत्काल यस्तो निर्णय नगरिएको हो’ मन्त्री पोखरेलका स्वकीय सचिव प्रभात कट्वालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्