खानेपानीमन्त्री मगरलाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौंः नेपाल–भारत मानव विकास एवं मैत्री संघले कोभिड–१९ को परीक्षण एवं उपचारमा खटिएका सुदूरपश्चिम प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य मेडिकल सामग्री सहयोग गरेको छ ।

सङ्घले आज ती सामग्री खानेपानीमन्त्री बीना मगरलाई हस्तान्तरण गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणको समन्वय गर्न सरकारले सो प्रदेशका लागि खानेपानी मन्त्री मगरलाई जिम्मा दिएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सङ्घले उपलब्ध गराएको २०० थान पिपिई लगायतका सामाग्री खानेपानी मन्त्री मगरलाई आज हस्तान्तरण गरेका हो ।

याे पनि पढ्नुस  विमान चालक सञ्जय पौडेलको अनुभवः यात्रु बस्ने सिटमा स्वास्थ्य सामग्री ल्याउँदा...

कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि प्राप्त भएको व्यक्तिगत सुरक्षा सामाग्रीलगायत अन्य सामान मन्त्री मगरले सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने छिन् । ती स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री मगरले संस्थालाई धन्यवाद दिँदै विपद्को समयमा आआफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आग्रहसमेत गरिन् ।

याे पनि पढ्नुस  पूर्वमन्त्री बाँस्कोटाद्वारा स्वास्थ्य सामग्री सहयोग

उनले यस किसिमको सहयोगले कोरोना सङ्क्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन बल पुग्ने विश्वास व्यक्त गरिन् । सङ्घले सहयोग गरेको सामग्रीमा पीपीई सेट पञ्जा, एप्रोन, मास्क, चस्मा, टोपी र स्यानिटाइजरलगायत छन् ।

कमेन्ट गर्नुहोस्